Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माईक्रोफाइनान्सकाे साधारण सभा आज : ४५ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, ०७ : ०८ मा प्रकाशित

नेशनल माईक्रोफाइनान्सकाे साधारण सभा आज : ४५ प्रतिशत लाभांश पारित हुँदै

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औँँ वार्षिक साधारण सभा आज माघ ६ गते, बिहीबार क्रिक रिसोर्ट, धादिङ बेशीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत गरी) कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष २७ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले, पौष २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको