Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको पुरानो साइट नचल्दा मेरो सेयरमा पनि समस्या, सिडिएससी भन्छ 'आज समाधान होला'

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १० : ४२ मा प्रकाशित

नेप्सेको पुरानो साइट नचल्दा मेरो सेयरमा पनि समस्या, सिडिएससी भन्छ 'आज समाधान होला'

विगत ३ दिनदेखि मेरो सेयरमा कम्पनीहरुको सेयर मूल्य परिवर्तन नहुँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् ।

नेप्सेको पुरानो वेबसाइटमा समस्या देखिएपछि अहिले मेरो सेयरमा समेत कम्पनीहरुको सेयर मूल्य परिवर्तन भएको छैन । मेरो सेयरमा अहिले पनि माघ २ गतेको अन्तिम कारोबार मूल्य देखाइएको छ । यो बीचमा कम्पनीको सेयरमूल्यमा आएको उतारचढाव मेरो सेयरमा देखिएको छैन । 

नेप्सेको पुरानो साइटमा समस्या आएकै कारणले मेरो सेयरमा समेत सेयर मूल्य अपडेट नभएको  सिडिएससीले जनाएको छ । "हामीले डाटाहरु नेप्सेको पुरानो साइटबाट लिने हो तर नेप्सेको पुरानो साइटमा प्राविधिक समस्या आएका कारण मेरो सेयरमा पनि समस्या आएको हो नेप्सेको पुरानो साइटमा देखिएको समस्या समाधान हुने बित्तिकै मेरो सेयरको समस्या पनि समाधान हुन्छ, नेप्सेबाट आजसम्ममा प्राविधिक समस्या समाधान हुने कुरा आएको छ सायद आज समाधान होला" सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले अर्थ संसारसँग भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको