Like us!
Follow us!
Connect us!
Watch us!

सिडिएसले हटायो मेरो सेयरबाट सिनर्जी पावरको हकप्रद विवरण

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, १५ : ३१ मा प्रकाशित

सिडिएसले हटायो मेरो सेयरबाट सिनर्जी पावरको हकप्रद विवरण

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयरबाट सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद विवरण हटाएको छ । 

कम्पनीको हकप्रद सेयर आवेदनका लागि निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले गलत डाटा अपलोड गरेको देखिएकोले सो समस्या समाधान नहुन्जेलसम्मका लागि उक्त कम्पनीको हकप्रद सेयर सम्बन्धी विवरण प्रणालीबाट हटाइएको सिडिएससीले जानकारी दिएको छ ।

सिनर्जी पावरले आज भाद्र ३ देखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रदमाआवेदन दिन सक्नेछन्। 
कम्पनीको हकप्रद सेयर भदौ २४ गतेसम्म आवेदन दिन खुला रहनेछ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको