Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सेयर प्रयोगकर्ता ३६ लाख नाघे, डिम्याट खाताको संख्या ६४ लाख पुग्यो

अर्थ संसार

शनिबार, ०८ मंसिर २०८१, १७ : ५९ मा प्रकाशित

मेरो सेयर प्रयोगकर्ता ३६ लाख नाघे, डिम्याट खाताको संख्या ६४ लाख पुग्यो

सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांक अनुसार नेपालमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६४ लाख ४६ हजार ८९० पुगेको छ । यस्तै, मेरो शेयर प्लेटफर्ममा दर्ता भएका प्रयोगकर्ताको संख्या ५५ लाख ६ हजार ८६८ पुगेको छ भने सक्रिय प्रयोगकर्ताको संख्या ३६ लाख ७० हजार ३५९ रहेको छ ।

पछिल्लो समय आईपीओ लगायतका सार्वजनिक निष्काशनमा सहज पहुँचका कारण मेरो सेयर प्लेटफर्म प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा बढेको छ । कुल डिम्याट खाता खोल्नेमध्ये ८५ प्रतिशतभन्दा बढीले मेरो सेयर प्लेटफर्ममा दर्ता गराएका छन् ।

तर, मेरो सेयरमा दर्ता भएका प्रयोगकर्तामध्ये करिब १८ लाख ३६ हजार प्रयोगकर्ता भने निष्क्रिय रहेको तथ्यांकले देखाएको छ । यो संख्या दर्ता भएका कुल प्रयोगकर्ताको करिब ३३ प्रतिशत हो ।

सीडीएस एन्ड क्लियरिङले विकास गरेको मेरो सेयर प्लेटफर्ममार्फत लगानीकर्ताहरूले आईपीओ, एफपीओ र राइट सेयरमा आवेदन दिन सक्छन् । साथै आफ्नो लगानी पोर्टफोलियो हेर्न, edis गर्न र लगानीसम्बन्धी गतिविधिको अनुगमन गर्न सक्छन् ।

पुँजी बजार विशेषज्ञहरूका अनुसार डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगले नेपालको पुँजी बजारको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । तर प्लेटफर्मको प्राविधिक सुधार र निष्क्रिय प्रयोगकर्ताहरूलाई सक्रिय बनाउने चुनौती भने कायमै रहेको उनीहरूको भनाइ छ ।

"मेरो सेयर प्लेटफर्मको विकाससँगै नेपालको पुँजी बजारमा डिजिटल क्रान्ति आएको छ," पुँजी बजार विश्लेषक राजन श्रेष्ठले भने, "तर प्राविधिक समस्या र लगानीकर्ता शिक्षाको कमीले गर्दा धेरै प्रयोगकर्ताहरू निष्क्रिय छन् । यसलाई सम्बोधन गर्न सकिएमा मात्र पुँजी बजारको वास्तविक विकास सम्भव छ ।"

सीडीएस एन्ड क्लियरिङका अनुसार प्लेटफर्मको थप सुधार र विकासका लागि काम भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको