Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे नेप्से : जानकार भन्छन्, "माघभित्रै बजारले नयाँ रेकर्ड बनाउँछ"

नेप्से

विहीबार, ०६ माघ २०७८, १४ : ५८ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे नेप्से : जानकार भन्छन्, "माघभित्रै बजारले नयाँ रेकर्ड बनाउँछ"

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । मंगलबार र बुधबार घटेकाे बजारले आज फेरि उकालो यात्रा तय गरेकाे हाे । 

दुई दिनको प्रोफिट बुकिङपछि आजबाट पुनः आफ्नो लयमा फर्केको नेप्सेले छिट्टै नयाँ रेकर्ड कायम गर्ने बताउँछन् सक्रिय लगानीकर्ता दिपेन्द्र रेग्मी । "तुलनात्मक रुपमा पहिलेको तुलनामा तरलताको पनि केही हदसम्म व्यवस्थापन हुँदैछ केही साता अघिसम्म एक रुपैयाँ पनि लोन दिन सक्दैनौँ भन्ने बैंकहरुले फोन गरेरै लोनका लागि डाकिरहेका छन्, सरकार स्थानिय तहको निर्वाचनको तयारीमा छ भने संभवत यो महिना भित्रमै नेप्से र धितापत्र बोर्डले पनि नेतृत्व पाउने छन् यी सबै कुराहरुको विश्लेषण गर्दा माघ महिना भित्रमै नेप्सेले अलटाईम हाइको रेकर्ड ब्रेक गर्ने मेरो अनुमान छ यसरी बेला बेलामा आउने सामान्य करेक्सनले नेप्सेको उकालो यात्रालाई थप मजबुत बनाइरहेको छ" उनले भने । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेकाे छ । नेप्से १.१४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७६ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ । 

कूल २२९ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रूपैयाँ १८ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्ग र म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । 

बिहीबार पनि आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड २० लाख ५३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न बाेर्डबाट अनुमति पाएकाे छ । कम्पनीले १:०.४० अनुपातमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिहीबार मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ३५ रूपैयाँ ८० पैसा पुगेकाे छ । बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेकाे छ ।

आज १२ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ को सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ४.३९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ९० रूपैयाँमा झरेकाे छ ।

याे पनि :

बजारमा पैसा कमाउने ठूलो अवसर तर सजग हुनुपर्छ, अहिलेको बजारमा के सक्छ रिक्स, के हुन सक्छ रिवार्ड ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको