Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १५ : ४६ मा प्रकाशित

नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ ।

बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने, पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति देशभर आंशिक बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

यस्तै, शुक्रबार दिउँसो देशभर आंशिक बदली रहने, हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उसका अनुसार राति देशभर आंशिक बदली रहने, पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहने, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको