Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले प्राप्त गर्न लागेको नेपाल बङ्गलादेश बैंकको नाफा घट्याे, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, ०७ : १७ मा प्रकाशित

नबिल बैंकले प्राप्त गर्न लागेको नेपाल बङ्गलादेश बैंकको नाफा घट्याे, ईपीएस कति ?

नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ८१ करोड ११ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ९४ करोड १२ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने २.१८ प्रतिशतले बढेर एक अर्ब २७ करोड ३८ लाख ९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब २४ करोड ६६ लाख ६५ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २१.३४ प्रतिशतले घटेर एक अर्ब ५ करोड ३३ लाख ६५ हजार रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले एक अर्ब ३३ करोड ९० लाख ५२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ४९ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी एक अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ७६ करोड ६९ लाख ४ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १६ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १८ पैसा रहेकाे छ ।

पाैष २९ गते, बिहीबार नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ । बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार पाैष ३० गते, शुक्रबारबाट राेक्का राखिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea0f41cf5c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको