Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब ७ करोड नाफा रहेकाे सानिमा बैंककाे ईपीएस कति छ ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, ०८ : ३३ मा प्रकाशित

१ अर्ब ७ करोड नाफा रहेकाे सानिमा बैंककाे ईपीएस कति छ ?

सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ६ करोड २७ लाख ९६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ९.३४ प्रतिशतले बढेर २ अर्ब १८ करोड १४ लाख ८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब ९९ करोड ५० लाख ७६ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा भने ०.३४ प्रतिशतले घटेर एक अर्ब ५० करोड ५ लाख ७७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ५० करोड ५६ लाख ३६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ५७ करोड ८२ लाख ४३ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ५ पैसाले घटेर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ । बैंककाे प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २ पैसा रहेको छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea1f4605215.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको