Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, २१ असोज २०८०, ०७ : ५७ मा प्रकाशित

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ। सानिमा बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्दै साधारण सभा बोलाएको छ। अर्थात आज असम्म  कायम रहेका सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन। 

बैंकले कात्तिक महिनाको २ गते, बिहीबार बिहान ११ बजे कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यस बहेको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि संचालक समितिले अगाडी सारेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको