Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको ठूला १४ सेयरधनी मध्य ४ वटा कम्पनीको लगानी

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १५ : ०६ मा प्रकाशित

सानिमा बैंकको ठूला १४ सेयरधनी मध्य ४ वटा कम्पनीको लगानी

सानिमा बैंकको ठूला १४ सेयरधनी मध्यमा ४ वटा कम्पनी रहेका छन्।  चार कम्पनी बहेक अरु भने ब्यक्ति लगानीकर्ता नै रहेका छन्।  

सानिमा बैंकमा सबैभन्दा धेरै अरुणकुमार ओझाको ९८ लाख ९१ हजार ३२३ कित्ता रहेको छ। बैंकमा उनको ७.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । उनी पछि बैंकमा दोस्रो धेरै टेकराज निरौलाको लगानी रहेको छ। उनीसँग बैंकको ८४ लाख ८३ हजार ५५० कित्ता अर्थात ६.८१ प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यसपछि अर्का ठूला लगानीकर्ता जिवनाथ लामिछाने रहेका छन्। उनीसँग बैंकको ६८ लाख ६७ हजार २९४ अर्थात ५.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

तेस्तै बैंकमा इन्स्योरेन्स कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्सको ५६ लाख १० हजार अर्थात कित्ता रहेको छ। अर्थात  इन्स्योरेन्स कम्पनीले बैंकको  ४.५० प्रतिशत स्वामित्व रहेको छ। कम्पनीपछि  विनय कुमार श्रेष्ठको ५४ लाख ६० हजार ६०९ कित्ता अर्थात ४.३८ प्रतिशत स्वामित्व रहेको छ।

यी बाहेक कर्मचारी सञ्चय कोषले बैंकको ५३ लाख ३३ हजार ९६० कित्ता अर्थात ४.२८ प्रतिशत, अमला इन्भेष्टमेन्टले ४९ लाख ४७ हजार ३२३ कित्ता अर्थात ३.९७ प्रतिशत  स्वामित्व रहेको छ।

अरु घनश्याम थापाको ४३ लाख ५७ हजार १७६ कित्ता अर्थात ३.५० प्रतिशत स्वामित्व , खेमराज लामिछानेको ४३ लाख ५६ हजार २६५ कित्ता अर्थात ३.५० प्रतिशत स्वामित्व, राम कृष्ण शाहको ३१ लाख ५ हजार ८७२ कित्ता अर्थात २.४९ प्रतिशत सेयर स्वामित्व रहेको उल्लेख छ ।

बैंकमा जय गणेश इन्भेष्टमेन्ट प्रालिको ११ लाख ८७ हजार १७३ कित्ता अर्थात ०.९५ प्रतिशत सेयर स्वामित्व छ भने दिलीप श्रेष्ठको नाममा ९ लाख ४५ हजार ६४५ कित्ता अर्थात ०.७६ प्रतिशत रहेको छ। अर्का लगानीकर्ता शाम्बा लामाको नाममा ८ लाख ८५ हजार अर्थात ०.७१ प्रतिशत र गीता क्षेत्रीको ७ लाख ८१ हजार ६३५ कित्ता अर्थात ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको