पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २३ हजार ९२ वटा नमुना परीक्षण गर्दा १० हजार ७ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ८ सय १५ जनामा र ४ हजार ४ सय ७४ जनामा एन्टिजेन परीक्षण गर्दा एक हजार ८ सय ८८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३ सय ७४ रहेको छ । पछिल्लो २४ घण्टामा ७ सय ६६ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस