Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कम्पनीकाे हकप्रद र बाेनस सेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार

शनिबार, ०८ माघ २०७८, ०८ : २७ मा प्रकाशित

नेप्सेमा ६ कम्पनीकाे हकप्रद र बाेनस सेयर सूचिकृत, कुनकाे कति कित्ता ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ वटा कम्पनीकाे सेयर सुचिकृत भएकाे छ जसमध्य ५ कम्पनीकाे बाेनस सेयर र १ कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

१) माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको एक कराेड २० लाख ४० हजार ६ सय १० कित्ता सेयर सूचिकृत भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडकाे कार्तिक २६ गते, शुक्रबार सम्पन्न भएकाे तेइसौँ वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

२) गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १६.९०६४ प्रतिशत बाेनस बापतकाे एक लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष ७७।७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस सेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेकाे थियाे ।

३) साधना लघुवित्त वित्तीय संस्था लिमिटेड

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे ६ लाख ४२ हजार ४ सय ५१  कित्ता सेयर सूचिकृत भएको हो ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्बतबाट पारित गरेको थियाे ।

४) आ​शा लघुवित्त वित्तीय संस्था लिमिटेड 

आ​शा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे ६ लाख ६७ हजार ८ सय २८  कित्ता सेयर सूचिकृत भएको हो ।

आशा लघुवित्त वित्तीय संस्थाकाे पाँचौँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

५) एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट कार्तिक २९ गते, साेमबारसम्म चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त हकप्रद बैंकले मंसिर १६ गते, बिहीबार बाँडफाँड गरेकाे थियाे ।

६) मेगा बैंक लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको एक कराेड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलव ९५७ कित्ता सेयर सूचिकृत भएको हो ।

मेगा बैंक लिमिटेडकाे मंसिर २८ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारणमा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको