Like us!
Follow us!
Connect us!
Watch us!

अग्रिम बुकिङ टिकट सकिएपछि यात्रुहरु निराश

शुक्रबार, ०७ असोज २०७३, १६ : ०९ मा प्रकाशित

अग्रिम  बुकिङ  टिकट सकिएपछि यात्रुहरु निराश

अर्थ संसार
काठमाडौ – दशैमा उपत्यबाट वाहिर जानका लागि खुल्ला गरिएको टिकट बुकिङ सुरु गरिएको केही घण्टामै टिकट सकिएको छ । दसैँ, तिहार र छठ जस्ता ठूला पर्वमा घर जानेहरुका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा शुक्रबारदेखि टिकट बुकिङ सुरु गरिएको थियो ।

टिकट बिक्री खुल्ला भएको केही घन्टामै व्यवसायीले टिकट सक्किएको भनेपछि राती देखि लाइनमा वसेका यात्रु समस्यामा परेका छन् । टिकट बुकिङ गोङ्गबुस्थित नयाँ बसपार्क, बल्खु, चाबहिल र कोटेश्वर लगायतका स्थानबाट लामोदुरीका सवारीसाधनमा टिकट बिक्री खुल्ला गरिएको छ । उक्त सवै ठाउँमा व्यावसायीले टिकट सकिएको वताए पछि यात्रुहरु थप समस्यामा परेका हुन् । पहिलो दिनमा नै यात्रुले टिकट पाउन नसकेपछि यात्रुहरु आक्रोशित भएका छन् ।

teketin1

रातिनै देखि टिकट बुकिङका लागि लाईन वसेका यात्रुहरुले टिकट पाउन नसके पछि यात्रुहरु झन आक्रोशित वनेका हुन् । अघिल्लो वर्षको तुलानमा टिकट धेरै ढिला खुलेको भएकाले टिकट वितरणमा समस्या भएको हो ।

यता व्यावसायीहरु भने टिकट सकिएको भन्दा पनि कति टिकट विटतरण गर्ने भन्ने कुरामा व्यावसायीहरु नै सङ्कटमा परेको वताएका छन् । यो वर्ष अघिल्ला वर्षहरु जस्तो नयाँ गाडी थप्ने सम्भावना छैन, भएका गाडीका लागि टिकट दिनु पर्ने बाध्यता भएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले वताए ।

नयाँ गाडी थप्न समस्या भएका कारण सबै यात्रुले सहज रूपमा यात्रा गर्न सक्ने सम्भावना समेत कम भएको सिटौलाले वताए । भएका गाडीमा पनि टिकट बिक्री गर्न सडक विभाग र यातायात व्यवस्था विभागले व्यवसायीलाई आंतकित बनाउने गरेकाले व्यवसायी नै त्रसित बनेका उनले दावी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको