Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, ०६ : ५७ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड २४ लाख १४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ४१ प्रतिशतले बढेर १८ करोड ८२ लाख ३८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड २६ लाख ५८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेर ६ करोड ३२ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६ करोड ७ लाख ९६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड १० लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३७ पैसामा सीमित भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २५ पैसा र मुल्य आम्दानी अनुपात ४३.२४ गुणा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ:

61ef4ed019e02.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको