Like us!
Follow us!
Connect us!
Watch us!

२१ प्रतिशत बोनस पारित गर्न आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारणसभा, यस्ताछन् एजेन्डाहरु

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, ०७ : ४० मा प्रकाशित

२१ प्रतिशत बोनस पारित गर्न आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारणसभा, यस्ताछन् एजेन्डाहरु

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो साधारणसभा आह्वान गरेको छ  ।

संस्थाको चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको वार्षिक साधारण सभा चैत्र २७ गते, आईतबार बनेपा पार्टी भेन्यू, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

सभाले कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । 

यस्ताछन् सभाका प्रस्तावहरुः

क) सामान्य प्रस्तावहरु

१) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व.२०७७/७८ को नाफा-नोक्सान
हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।

३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयर
धनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु.२८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६,०२,२०,२६१।- (अक्षरेपी छ करोड दुई लाख बिस हजार दुई सय एकसही रुपैया मात्र) र संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूँजी रु.३०,६९,२३,१४८/(अक्षरेपी तीस करोड उनान्सत्तरी लाख तेइस हजार एक सय अठचालीस रुपैया मात्र) समेतमा समायोजन गरी उक्त बोनश शेयर वितरण गर्न स्विकृति प्रदान गर्ने ।

४) लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।

५) संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयर धनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीज्यूको नियुक्ति अनुमोदन गर्ने ।

ख) विशेष प्रस्तावहरु

१) संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु.३०,६९,२३,१४८/- को २१ प्रतिशतले रु.६,०२,२०,२६१।- (अक्षरेपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गर्ने ।

२) निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्र/नियमावलीमा संशोधन /थप गर्ने :

(अ) विशेष प्रस्ताव नं. (१) मा प्रस्ताव गरे वमोजिम बोनस शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने ।

(आ) संस्थाको नियमावलीमा सञ्चालकहरुको भत्ता/सुविधा बृद्धि गर्ने ।

३. भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने /गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) गर्ने/हुनेप्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

४. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने।

(ग) विविध ।

62368b47cf884.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको