Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहको चुनाव सार्न मिल्दैन: अग्नि खरेल

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, १४ : २० मा प्रकाशित

स्थानीय तहको चुनाव सार्न मिल्दैन: अग्नि खरेल

नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन्। 

आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लंघन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए।

‘वैशाखमा हुनुपर्ने चुनाव मंसिरमा सार्न मिल्दैन। यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो। संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ।’

चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्दत रहेको उनको आरोप थियो।

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ।

'अर्ली इलेक्सन' वा तीन वटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको