Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एसियन लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, ०७ : ४१ मा प्रकाशित

नेप्सेमा एसियन लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५७ रूपैयाँ ६० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय २२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले आज १२ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार हिजो ११ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार होटल दियालो लर्डस प्लाजा, आदर्शनगर बिरगन्जमा बिहान ११ः३० बजेबाट सुरु हुने छ ।  ।

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६र०७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको