Like us!
Follow us!
Connect us!
Watch us!

ज्याेति विकास बैंकले पठायाे लाभांश, खाता अद्यावधिक गराउन आग्रह

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १० : ५३ मा प्रकाशित

ज्याेति विकास बैंकले पठायाे लाभांश, खाता अद्यावधिक गराउन आग्रह

ज्याेति विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

बैंककाे पाैष २३ गते, सम्पन्न भएकाे चाैधाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ४.५ प्रतिशत नगद लाभांश बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् पाैष ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

बैंककाे सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61f0d758a968d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको