Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्टको साधारण सभा सम्पन्न, बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १७ : ३४ मा प्रकाशित

सर्वाेत्तम सिमेन्टको साधारण सभा सम्पन्न, बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

सर्वाेत्तम सिमेन्ट कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको छ ।

सर्वप्रथम, लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरिएकाे छ । त्यसैगरी आर्थिक वर्ष २०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

साथै, विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ६० लाख कित्ता सेयर निष्कासन बुक बिल्डिङ्ग विधिबाट गर्ने प्रस्ताव पारित भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको