Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् हकप्रद ?

अर्थ संसार

विहीबार, १३ माघ २०७८, ०९ : ०४ मा प्रकाशित

शिखर इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् हकप्रद ?

हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बुकक्लोज मिति तोकेको छ । 

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, माघ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

61f20fbd0a763.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको