Like us!
Follow us!
Connect us!
Watch us!

दिल्लीमा कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १६ : ३२ मा प्रकाशित

दिल्लीमा कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो

दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था लगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ ।

डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ । 

विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने डीडीएमए स्रोतलाई उदृत गर्दै भारतका समाचार संस्थाहरूले समाचार लेखेका छन् । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, विवाह समारोहमा अब दुई सय जनासम्म सहभागी हुन सक्ने पनि निर्णय भएको छ । यसअघि डीडीएमएले विवाह समारोहमा जम्मा ५० जनामा मात्रै सहभागी हुन पाउने निर्णय गरेको थियो । 

दिल्लीमा कोभिड संक्रमणदर १० प्रतिशतभन्दा कममा झरेसँगै डीडीएमएले यस्तो निर्णय गरेको हो ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको