Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद अनुमतिको पर्खाइमा अपि पावर र नेपाल फाइनान्स, कहिले पाउलान् अनुमति ?

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १२ : ४७ मा प्रकाशित

हकप्रद अनुमतिको पर्खाइमा अपि पावर र नेपाल फाइनान्स, कहिले पाउलान् अनुमति ?

लामो समय नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहिन हुँदा रोकिएको हकप्रद र आईपिआको अनुमति प्रक्रिया पुनः सुरु भएको छ । अध्यक्ष नहुँदा कम्पनीहरुले हकप्रद र आईपिओको अनुमति रोकिएको भन्दै विभिन्न सरोकारवाला निकायहरुले दवाब दिए पछि अहिले बोर्डले कम्पनीहरुलाई हकप्रद र आईपिओ निष्काशनको अनुमति दिन सुरु गरेको छ । 

अघिल्लो साता मात्र बितोपत्र बोर्डको सञ्चालक समितीको बैंठकले २ कम्पनीलाई हकप्रद निष्काशनको र विभिन्न ६ कम्पनीहरुलाई आईपिओ निष्काशनको अनुमति प्रदान गरिसकेको छ । अब अध्यक्ष नियुक्तिको प्रक्रिया जति लम्बिए पनि कम्पनीहरुलाई हकप्रद र आईपिओको अनुमति दिने काम भने नरोकिने धितोपत्र बोर्डले जनाएको छ । 

अध्यक्षको निलम्बन पनि बोर्डले हालसम्म विभिन्न ६ वटा कम्पनीहरुले हकप्रद निष्काशनको अनुमति पाइसकेका छन् भने २ कम्पनी सेबोनको पाइपलाईनमा छन् । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाको बहिर्गमन पछि नारायणी डेभलपमेन्ट बैंक, सम्बृद्धि फाइनान्स, छ्याङ्दी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएका हुन् । 

६ कम्पनीले हकप्रद निष्काशनको अनुमति पाइसकेपछि अब नेपाल फाइनान्स र अपि पावर कम्पनी लिमिटेड आईपिओ निष्काशनको अनुमतिको पर्खाइमा रहेका छन् । यी दुबै कम्पनीहरु धितोपत्र बोर्डबाट गरिएको कमेन्टको रिप्लाई पनि बुझाइसकेका छन् । अब कम्पनीबाट आएको रिप्लाई हेरेर सबै प्रक्रिया पुगेको छिट्टै हकप्रदको अनुमति प्रदान गरिने बोर्डले जनाएको छ । 

अपि पावर कम्पनीको आयोजना निर्माण स्थलमा बोर्डको टोलि पुगेर अनुगमन समेत गरेर फर्किसकेको छ अब सबै प्रक्रिया पुगेका कम्पनीले छिट्टै हकप्रदको अनुमति पाउने छ एक अधिकारीले भने । कम्पनीले १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २५ गते सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ । आगामी वर्षदेखि यो आयोजना संचालनमा आउनेछ । हकप्रदबाट संकलित पूँजी यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ । 

यसै आर्थिक वर्षमा कम्पनी चन्द्र निगाहपूरमा ४ मे.वा. क्षमताको ग्रिडमा आवद्ध सौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै दल्केबरमा १ मे.वा. क्षमता र सिमरामा १ मे.वा. क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

त्यस्तै नेपाल फाइनान्स कम्पनी लिमिटेडले पनि धितोपत्र बोर्डले दिएको कमेन्टको जवाफ पुस ५ गते नै बोर्डलाई बुझाइसकेको छ अब कम्पनीले बुझाइको जबाफको आवश्यक अध्यन गरी बोर्डले फाइनान्सलाई हकप्रद निष्काशनको अनुमति दिने छ । कम्पनीले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १ः०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको