अपि पावर कम्पनी लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार संस्थाको १९ औँ बार्षिक साधारणसभा फागुन १४ गते मैत्रहल, बानेश्वर ब्याङ्क्वेट थापागाँउ,काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
साथै सभाले ७.५ प्रतिशत बोनश सेयर बितरण पश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्विकृत प्राप्त गरिसकेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन ४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस