Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको साधारणसभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित हुने

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ०६ : २८ मा प्रकाशित

अपि पावरको साधारणसभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित हुने

अपि पावर कम्पनी लिमिटेडको १९ औँ बार्षिक साधारणसभा फागुन १४ गते मैत्रीहल, बानेश्वर ब्याङ्क्वेट थापागाँउ,काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७।८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ ।

साथै सभाले ७.५ प्रतिशत बोनश सेयर बितरण पश्चात कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ  कम्पनीले हकप्रद निष्काशनका लागि नियामक निकाय बिद्युत नियमन आयागबाट पुर्वस्विकृत प्राप्त गरिसकेको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन ४ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको