Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

शनिबार, १५ माघ २०७८, १० : ३९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश कार्तिक २७ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएकाे कम्पनीकाे १३औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

त्यसैगरी, रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएकाे १५ औँ र १६ औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको