Like us!
Follow us!
Connect us!
Watch us!

'स्थानीय तहले पुँजीगत खर्च बढाउने, छिट्टै बजारमा देखिएको तरलता अभाव हट्छ'

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १२ : २० मा प्रकाशित

'स्थानीय तहले पुँजीगत खर्च बढाउने, छिट्टै बजारमा देखिएको तरलता अभाव हट्छ'

सार्वजनिक लेखा समिति सभापति भरत शाहले स्थानीय तहहरूले पनि अब विकास निर्माणका काम गर्न पुँजीगत खर्च खर्चिने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हट्ने बताएका छन् । 

भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले नेपालमा विदेशी मुद्राको संचिती घटे पनि डुब्ने स्थिति नरहेको बताउँदै उनले आयात अत्यधिक मात्रामा रहेकाले केही आर्थिक मन्दी आएको बताए । ‘यसको मुख्य कारण अहिले विदेशी मुद्रा बाहिर जानु हो । यसलाई सन्तुलन गर्न राष्ट्र बैंकले प्रतित पत्रमा विलासीका सामान आयात गर्दा केही कडाइ गरेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले बैंक ग्यारेन्टीवापतको र स्थानीय तहमा पठाउने रकम वाणिज्य बैंकमा राख्यो भने पनि बजारमा पैसाको अभाव देखिदैन त्यसका लागि समिति मार्फत कुरा राखेको छ ।’ 

उक्त कार्यक्रममा बोल्दै शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नु पर्ने बताएका छन् । ट्रंक लाइन उपभोग गरेका उद्योगले त्यसवापतको बक्यौता शुल्क नतिरे विद्युत् लाइन काटिने बताए । संसदीय लेखा समितिले आठ अर्ब विद्युत महशुल पनि असुल गर्न विद्युत् प्राधिकरणलाई पत्राचार गरेको शाहले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको