Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहकाे निर्वाचन : मतदाता नामावलीमा दाबी-विरोध आजदेखि

अर्थ संसार

शुक्रबार, २० फागुन २०७८, ०७ : २३ मा प्रकाशित

स्थानीय तहकाे निर्वाचन : मतदाता नामावलीमा दाबी-विरोध आजदेखि

निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विराेध सुरु भएकाे छ । 

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

याे अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनले जनाए । 

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी-विरोधका लागि निवेदन दिन सकिने र साेही आधारमा आयाेगले छानबिन गरेर मतदाताकाे अन्तिम नामावली प्रकाशन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको