Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुक पेजमा दश हजार लाईक पुगेको उपलक्षमा आईएमई लाइफले गर्यो मास्कट सार्वजनिक

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १५ : ०८ मा प्रकाशित

फेसबुक पेजमा दश हजार लाईक पुगेको उपलक्षमा आईएमई लाइफले गर्यो मास्कट सार्वजनिक

आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १०००० लाईक पुगेको छ । कम्पनीले जनाए अनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरु तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अर्गानिक लाईक मात्रबाट सम्भव भएको हो । यसको लागी छुट्टै बिज्ञापन गरिएको थिएन ।

यस अवसरमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले आइएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरे । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्पmत गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए । 

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक महानुभावहरु तथा अन्य सर्वसाधारणहरुसँग आइएमई. लाइफ इन्स्योरेन्स कम्पनिको प्रतिनिधिको रुपमा सम्वाद गर्ने कुरा समेत कम्पनीद्वारा जारि बिज्ञपि्तमा उल्लेख छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको