Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, २१ : ०९ मा प्रकाशित

एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी

मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबीफ गरेको छ ।

एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो । एमालेको सरकारको पालमा एमसीसीसँग सम्बन्धित केही दस्तावेजहरु लुकाइए र त्यसलाई गठबन्धन नेतृत्वको एमसीसी सम्झौता अध्ययन समितिले फेला पारेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा एमसीए नेपालले भने यस्तो दाबी गरेको हो । 

‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो । र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’,एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

61f950f1f37dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको