Like us!
Follow us!
Connect us!
Watch us!

सिटिइभिटीका सम्पुर्ण स्थगित परिक्षा फागुन ६ गतेबाट सञ्चालन हुने

अर्थ संसार

बुधबार, १९ माघ २०७८, ०६ : ५३ मा प्रकाशित

सिटिइभिटीका सम्पुर्ण स्थगित परिक्षा फागुन ६ गतेबाट सञ्चालन हुने

कोभिड १९ को तिब्र संक्रमणका कारण स्थगित भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीका) सम्पुर्ण परिक्षा हरु फागुन ६ गते देखि पुनः सञ्चालन हुने भएका छन् । 

आज सिटिइभिटीको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गदै स्थगित सबै परिक्षाहरु फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने जनाएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा माघ ११ गतेको निर्णयानुसार स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (CCMC) र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी माघ १८ गतेको निर्णयानुसार फागुन ६ गतेदेखि सञ्चालन हुने र विस्तृत परीक्षा तालिका www.ctevtexam.org.np मा प्रकाशित गरिएको छ जनाएकाे छ ।

61f9dab33f636.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको