Like us!
Follow us!
Connect us!
Watch us!

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

अर्थ संसार

विहीबार, १० भदौ २०७८, ११ : ०४ मा प्रकाशित

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले सिटिइभिटी बाट खुलाइएको प्रि–डिप्लोमा तह साथै डिप्लोमा तथा प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ। 

नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट SEE/SLC/TSLC अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट SEE/SLC/TSLC अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ। 

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरुमध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् । भाद्र २३ गतेसम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् । 

कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौँ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनीकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको मर्चांन्ट एक्युजिसनका वरिष्ठ अधिकारी, हरुन राईले बताएका छन् । 

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न :

  • खल्ती को होम पेजमा रहेको खल्ती बजारमा जाने 

  • “इन्ट्रान्स” मा गई “सिटिइभिटी” मा ट्याप गर्ने  

  • अब सबै विवरण भरि “प्रोसिड टु पे” बटन मा थिच्ने 

साथै आवेदकले सिटिइभिटीको आधिकारिक वेबसाइटबाट पनि छात्रवृत्ति फारम भरि शुल्क खल्तीबाट भुक्तानी गर्न सक्नेछन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको