Like us!
Follow us!
Connect us!
Watch us!

लमजुङका सात स्थानीय तहलाई दुई करोड ९० लाख विद्युत रोयल्टी

अर्थ संसार

विहीबार, २० माघ २०७८, ११ : ३५ मा प्रकाशित

लमजुङका सात स्थानीय तहलाई दुई करोड ९० लाख विद्युत रोयल्टी

लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७/०७८ को जलविद्युत रोयल्टीबापतको रकम पाएका छन् । सात पालिकाले आर्थिक वर्ष ०७७/०७८ को दुई करोड ९० लाख ९६ हजार रुपैयाँ राेयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षमा सवैभन्दा धेरै विद्युत रोयल्टी मर्स्याङ्दी गाउँपालिकाले पाएको जनाएकाे छ ।

मर्स्याङ्दी  गाउँपालिकाले एक करोड ४९ लाख २१ हजार १ सय १६ रुपैया ८ पैसा विद्युत रोयल्टी पाएको छ । जिल्लाको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले ७१ लाख ९३ हजार ८ सय ८१ रुपैयाँ ३८ पैसा, सुन्दरवजार नगरपालिकाले ३९ लाख २१ हजार एकसय ७४ रुपैयाँ ३३ पैसा, दोर्दी गाउँपालिकाले १४ लाख २५ हजार एकसय ६३ रुपैयाँ ९६ पैसा र क्व्होलासोँथार गाउँपालिकाले ८ लाख ९ हजार ४ सय २२ रुपैयाँ ११ पैसा पाएको छ ।

राइनास नगरपालिकाले पाँच लाख ६३ हजार ८ सय ७२ रुपैया २७ पैसा पाएको छ भने विद्युत रोयल्टी प्राप्त गर्ने पालिकामध्ये नेपाल नगरपालिकाले सबैभन्दा कम दुई लाख ६१ हजार ५ सय ४३ रुपैया ११ पैसा पाएको छ । देशभरका एक सय २० वटा पालिकाले जलविद्युत रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार रुपैयाँ पाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको