Like us!
Follow us!
Connect us!
Watch us!

२९०० को रेसिस्टेन्सलाइ ब्रेक गरे पनि टिक्न सकेन नेप्से, आगामी साता के होला ?

बसन्त पाण्डे

विहीबार, २० माघ २०७८, १६ : ३४ मा प्रकाशित

२९०० को रेसिस्टेन्सलाइ ब्रेक गरे पनि टिक्न सकेन नेप्से, आगामी साता के होला ?

साताको अन्तिम कारोबार हुने बिहिबारको दिन आज नेप्सेमा १४.६० अंकको करेक्सन आएको छ। नेप्से २८७६.७४ को बिन्दुमा क्लोज भएको छ भने ८ अर्ब ६१ करोडको बराबरको कारोबार भएको छ। सुरुवाती चरणमा निकै आकर्षक कारोबार रकम सहित उच्च अंकले बढेको नेप्से अन्तिम घण्टामा घट्न पुग्यो। 

प्राविधिक रुपमा के देखियो ?

आज नेप्सेले  २९८३ को बिन्दुबाट खस्दै गर्दा बनेको डाउन ट्रेन्डलाइ ब्रेक गर्दै नेप्से माथि गएको थियो। बजार २९०० माथि उच्च कारोबार रकम सहित जाँदै गर्दा बजार अब माथितिर नै जाने आम लगानीकर्ताहरुको अपेक्षा विपरित बजारमा दोहोरो अंकको करेक्सन आयो।  आज बजार बढ्ने क्रममा २९२७ को बिन्दुसम्म पुगेको थियो।  त्यस्तै घट्दै आउने क्रममा २८७० को बिन्दुसम्म झरेको थियो।  महत्वपूर्ण रेसिस्टेन्सको एरियालाइ ब्रेक गर्दै माथि गएको बजार घटेर क्लोज हुनुले त्यति राम्रो संकेत गर्दैन।  

इन्डिकेटरहरुले के देखाईरहेका छन ? 

RSI

नेप्सेको डेली चार्टमा RSI ५९.१० को लेभलमा छ। RSI ५० भन्दा माथि रहनुलाई राम्रै मानिन्छ भने ६० भन्दा माथिको RSI ले बजार ट्रेडिङ्ग जोनमा रहेको संकेत गर्दछ। यसअघि बजार २९८३ बाट घट्दै गर्दा RSI मा पनि डाउन ट्रेन्ड बनेको थियो। केहि दिन अघि नै RSI मा बनेको  त्यो डाउन ट्रेन्ड ब्रेक भैसकेको छ।  आगामी दिनमा RSI ६० भन्दा माथि बस्न सक्छ भने बजारको यात्रा माथितिरकै हुने सम्भावना उच्च भएर जानेछ ।

सुपरट्रेन्ड

सुपरट्रेन्ड इन्डिकेटरमा लेन्थ ५, फ्याक्टर १ लगाउँदा यसले बजारको ट्रेन्डलाइ एकदमै छिटो ट्रयाक गर्ने गर्दछ। अहिले उल्लेखित सेटिङ्ग अनुसार नेप्सेको डेली चार्टमा सुपरट्रेन्ड लगाएर हेर्दा बजारको ट्रेन्ड सकारात्मक नै रहेको संकेत गर्दछ।  

बुलिंगर ब्याण्ड

नेप्से बुलिंगर ब्यान्डको मिडल ब्याण्डलाइ सपोर्ट बनाउंदै माथितिर लागिरहेकाले बुलिंगर ब्याण्डको अपर ब्याण्डसम्म जान सक्ने सम्भावना देखिन्छ, जुन ३००० को बिन्दुमा छ।  

लगानीकर्ताले ध्यान दिनुपर्ने विन्दुहरू :

यदि आज नेप्सेले २९०० भन्दा माथि क्लोजिङ्ग दिन सकेको भए ट्रेन्ड एकदम सकारात्मक हुने थियो र बजारको यात्रा अब माथितिरकै हुने पक्कापक्की हुने थियो।  तर आज रेसिस्टेन्स लाइन लाइ ब्रेक गरेर माथितिर गए तापनि त्यो कायम रहन सकेन र अन्तिम चरणमा बजार घटेर २९०० को बिन्दुभन्दा निकै तल क्लोज हुनुले बजारमा एउटा करेक्सन आउने हो कि भनेर शंका गर्ने ठाउँ छोडेको छ।  आउने दिनहरुमा यदि बजार २८४० भन्दा माथि माथि नै रहन्छ  भने बजारले अहिले बनेको डाउन ट्रेन्डलाइनलाइन ब्रेक गरेर माथि जाने सम्भावना बढेर जानेछ भने नेप्सेले  २८४० देखि २८३० को बिन्दुमा पनि सपोर्ट लिन नसकेमा बजार अझै तलतिर खस्न सक्ने देखिन्छ।  रेसिस्टेन्सलाइ ब्रेक गरेअर नेप्से माथि जान सकेको खण्डमा पहिलो टार्गेट ३००० र दोश्रो टार्गेट ३१२५ को हुने देखिन्छ।  

61fbb7d87df65.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको