बजार बढ्छ जस्तो लागेर किनेको, किनेपछि लगातार घट्यो। बेचम बेचेपछि बढ्ला भन्ने शंका, नबेचम अझै घाटा होला भन्ने डर। यस्तो अनिर्णित अवस्थामा अधिकतम लगानीकर्ता हुने गरेका छन्।
यस्तै शंका र अनुमानको भरमा ट्रेड गर्ने गर्दा बजारमा कमाउने भन्दा धेरै गुमाउनेको संख्या हाबी हुने गरेको छ।
सेयर बजार घट्ने बढ्ने स्वभाविक प्रकिया हो। बढेपछि घट्ने र घटेपछि बढ्ने यो बजारको नियमित चक्रलाई जसले बुझ्छ उसको लागि पैसा बनाउने उत्तम स्थान नै सेयर बजार मानिन्छ। निरन्तर ट्रेड गर्ने र कम्पनीले प्रदान गर्ने लाभांस भन्दा पनि बजारको उतार चाडवबाट हुने क्यापिटल गेनलाई महत्व दिने लगानीकर्ताले त प्राविधिक ज्ञान हासिल गर्ने पर्ने हुन्छ।
बजारमा ट्रेड कसरी गर्ने ? के गर्ने ? के गर्दै नगर्ने ? कस्तो अवस्थामा किन्ने र कस्तो अवस्थामा प्रोफिट बुक वा स्टप लस गर्ने भन्ने विषयमा प्राविधिक विश्लेषक अमुल्य आचार्यको सुझावहरूलाई एक भिडियो मार्फत प्रस्तुत गरेका छौ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस