Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकको राजा शाइन रेसुङ्गा बलियो सपोर्ट जोनमा, बढ्ला त मूल्य ?

निशा हुमाँगाई

बुधबार, १७ फागुन २०७९, १७ : २५ मा प्रकाशित

विकास बैंकको राजा शाइन रेसुङ्गा बलियो सपोर्ट जोनमा, बढ्ला त मूल्य ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विकास बैंक समूह अन्तर्गत सूचिकृत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड विकास बैंकहरूमध्ये धेरै सूचकमा अब्बल देखिन्छ ।

बैंककाे परिचय

शाइन डेभलपमेण्ट बैंक लिमिटेडले नेपालको प्रमुख व्यापारीक एवम औद्योगिक केन्द्र रुपन्देही जिल्लाको बुटवलमा २०६५ साल फाल्गुण ११ गतेबाट (३ जिल्ला कार्यक्षेत्र) बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियाे । गुल्मी जिल्लामा केन्द्रिय कार्यालय रहेको रेसुङ्गा विकास बैंक लिमिटेडलाई २०६९ साल चैत्र ४ गते मर्जर गरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (१० जिल्ला कार्यक्षेत्र) बनेको हो । बैंकले २०७३ साल जेष्ठ २९ गते प्यूठान जिल्लामा केन्द्रिय कार्यालय रहेकोे गौमुखी विकास बैंक लिमिटेडलाई मर्जर गरी थप व्यवसायीक क्षमता विस्तार गर्यो । बाँके जिल्लामा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेड र रुपन्देही जिल्लाको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेडलाई २०७६ साल आश्विन २७ गते प्राप्ति गरी मिति २०७६ मंसिर १० गतेबाट यस बैंकले राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गरेको हो । बैंकले ग्रामिण बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तिय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ 

बैंकको सेयर संरचना

बैंककाे सेयर संरचना सम्बन्धी विवरण तल उल्लेख गरिएकाे छ :

बैंककाे वित्तीय अवस्था

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा बैंककाे खुद नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसै अवधिमा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३०.४३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंककाे सञ्चालन नाफा २३.९९ प्रतिशतले बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि ७१.७३ प्रतिशतले बढेर १४ करोड ८ लाख रुपैयाँ पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँ भन्दा धेरै छ । बैंककाे जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेकाे छ । बैंकको कस्ट अफ फन्ड १०.४०% रहेको छ । बैंकको खराब कर्जा अनुपात पनि बढेर १.३१% छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ६ पैसा रहेको छ । बैंककाे प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २१ पैसा रहेको छ । बैंककाे ईपीएस विकास बैंकहरूमध्येकै उच्च हाे ।

सेयर बजारमा शाइन रेसुङ्गाकाे स्थान

सेयर बजारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको ४ कराेड २८ लाख ३८ हजार ८ सय ३२ कित्ता सेयर सूचिकृत छ । हाल (फागुन १७ गते, बुधबारका अनुसार) नेप्सेमा यस बैंकको सेयरमूल्य ३ सय ३९ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ४ सय २४ रूपैयाँ र न्युनतम २ सय ५५ रूपैयाँ १० पैसामा कारोबार भएको छ ।

बैंकको पछिल्लो १८० दिनको औषत मूल्य ३ सय १६ रूपैयाँ २० पैसा रहेको छ । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल बढेको छ ।

बैंककाे लाभांश इतिहास

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई निरन्तर लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । बैंकको विगत १० वर्षको लाभांश इतिहास हेर्दा यो बैंकमा लगानी गर्ने लगानीकर्ताहरुले औषतमा राम्रै मुनाफा हासिल गरेको देखिन्छ । 

बैंकले धेरैमा २८.४२ प्रतिशतसम्म र थोरैमा ११.५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७१/७२ मा २८.४२ प्रतिशत लाभांश (२७ प्रतिशत बाेनस र १.४२ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७७/७८ मा ११.५ प्रतिशत लाभांश (१०.९३ प्रतिशत बाेनस र ०.५७ प्रतिशत नगद) वितरण गरेकाे थियाे । 

बैंककाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

बैंककाे प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल रहेका छन् । बैंककाे नायब प्रमुख कार्यकारी अधिकृतमा लोक राज पनेरु रहेका छन् । त्यसैगरी, बैंककाे अध्यक्षमा थानेश्वर छन् । बैंककाे सञ्चालकहरूमा क्रमश: डा. तारा प्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, बिरेन्द्र बिष्ट, नम्रता भण्डारी र गोपाल प्रसाद पाण्डे रहेका छन् ।

बैंककाे प्राविधिक विश्लेषण

अहिलेको अवस्थामा हेर्दा शाईन रेसुंगाको मूल्य बलियो सपोर्ट जोनमा रहेको देखिन्छ। २४० रुपैयाँसम्म झरेको शाईन आज ३३८ को बिन्दुमा क्लोज भएको छ। यदि यो कम्पनीको सेयरमूल्य ३३५ रुपैयाँभन्दा तलतिर लाग्न थाल्यो भने पहिलो सपोर्टको एरिया ३१० देखि ३२० को जोनमा रहेको देखिन्छ। यदि मूल्य ३१० रुपैयाँ भन्दा पनि तल लाग्न थाल्यो भने शाइनको सेयर मूल्य २९० रुपैयाँ देखि २८० रुपैयाँसम्म झर्न सक्ने देखिन्छ। त्यस्तै अहिलेकै जोनबाट मूल्य बढ्न थाल्यो बहने सेयर मूल्य ३६० देखि ३७० सम्म पुग्नसक्ने सम्भावना देखिन्छ। डेली चार्टमा आरएसआई ४६ को लेभलमा रहेको छ। ५० भन्दा माथिको आरएसआईले मूल्य बढ्नसक्ने सम्भावना व्यक्त गर्दछ। आगामी दिनमा आरएसआई ४० भन्दा तलतिर जान थाल्यो भने मूल्य अझै घट्नसक्ने देखिन्छ।  

No description available.

प्राविधिक विश्लेषणकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् 

बैंकमा लगानी कति सुरक्षित ?

समग्रमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडलाई हेर्दा औषतमा बैंकले सेयरधीहरूलाई राम्राे प्रतिफल दिएकाे हुनाले लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् ।  हाल विकास बैंकहरूमध्ये बैंककाे प्रमुख वित्तीय सूचकहरू पनि आकर्षक छन् । कम्पनीकाे पीई रेसियाे पनि २०.०६ गुणा रहेकाे छ । २० भन्दा कम पीई भएका कम्पनीहरू लगानीका लागि सुरक्षित मानिन्छ ।

हामीले लगानी गर्दा एउटा पक्षकाे आधारमा मात्र गर्न हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ । 

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको