Like us!
Follow us!
Connect us!
Watch us!

Fibonacci गोल्डेन रेसियो ६१.८ लाइ सपोर्ट बनाउँदै नेप्से, आगामी यात्रा कस्तो रहला ?

बसन्त पाण्डे

सोमबार, २३ फागुन २०७८, १७ : ३९ मा प्रकाशित

Fibonacci गोल्डेन रेसियो ६१.८ लाइ सपोर्ट बनाउँदै नेप्से, आगामी यात्रा कस्तो रहला ?

गत साता प्यानिक सेलिङ्ग आएको नेप्से आइतबार र सोमबार सम्हालिएको छ । साताको पहिलो दिन आइतबार केहि घटेर बन्द भएको नेप्से आज सोमबार १.५५ अङ्कले बढेर बन्द भएको छ। यसअघि २२६० बाट बढेर २९८३ को बिन्दुसम्म पुगेको नेप्से केहि दिन अघि २५२७ को बिन्दुसम्म खसेको थियो ।

२९८३ को बिन्दुबाट २५२७ को बिन्दुसम्म आइपुग्दा नेप्से १५% भन्दा धेरैले घटिसकेको छ।  २५२७ को बिन्दुसम्म झरेर माथितिर जान खोजेको बजार खासै ठुलो अङ्कले बढ्न सकेको छैन।  कारोबार रकम पनि निकै खुम्चिएको छ। यो परिप्रेक्ष्यमा अहिलेको बजारलाई कुन रुपमा लिन सकिन्छ भन्ने कुरालाइ यो आलेखमा समेट्ने प्रयास गरेका छौं। 

कस्तो  बन्दैछ बजार ?

बजार २९८३ बाट खस्दै आउने क्रममा धेरै उतार चढावहरु आए। त्यो क्रममा बजार एउटा प्यारेलल च्यानलमा घुमिरहेको थियो।  यसअघि २६४० को बिन्दुभन्दा तल बजार खसिसकेपछि त्यो प्यारेलल च्यानल ब्रेक भयो र त्यसपछि नेप्सेमा एउटा शार्प फल देखियो। बजार २५२७ को बिन्दुसम्म खस्यो र अहिले सम्हालिने प्रयास गर्दैछ । बजार २२६० बाट माथितिर लाग्ने क्रममा २६२० को लेभललाइ क्रस गरेपछि दैनिक ७/८ अर्ब भन्दा धेरै रकमको कारोबार भैरहेको परिस्थिति थियो भने अहिले नेप्सेको कारोबार ३ अर्ब भन्दा पनि कम हुन थालेको छ ।  

बजार तलतिर आउंदै गर्दा भोलुम ड्राई हुँदै जानुले ट्रेन्ड रिभर्सलको संकेत गर्दछ।  त्यस्तै हिजो आइतबार डेली चार्टमा डोजी क्यान्डल बनेको थियो भने आज सोमबार इन्भर्टेड ह्यामर क्यान्डल बनेको छ।  बजार घटेर तल्लो बिन्दुतिर आउँदै गर्दा स्पिनिङ्ग टप, डोजी, इन्भर्टेड ह्यामर, ह्यामर जस्ता क्यान्डलहरु बन्छन भने त्यसले बजारको घट्दो क्रमको अन्त्य भई बजार माथितिर लाग्न सक्ने सम्भावनालाइ दर्शाउँछ। 

बिशेष के भैरहेको छ बजारमा ?

नेप्से २२६० बाट बढेर २९८३ को बिन्दुसम्म पुगी २९८३ को बिन्दुबाट घट्न थाल्यो। विश्वप्रसिद्ध फ़िबोनासी रिट्रेशमेन्ट प्रयोग गरी  हेर्दा फिब गोल्डेन रेसियो ६१.८% को लेभल भनेको २५३५ को एरिया हो ।  फ़िबोनासी ६१.८% को लेभललाइ निकै महत्वपूर्ण एरियाको रुपमा लिइन्छ।

अहिले बजार २५३५ को एरियामै सपोर्ट लिँदै माथितिर जान खोज्दै गरिरहेको सन्दर्भमा यदि बजार २५३५ भन्दा माथि माथि नै बस्न सक्छ भने बजारको यात्रा माथितिरकै हुने सम्भावना रहन्छ भने यदि नेप्सेले २५३५ को महत्वपूर्ण एरियालाई ब्रेक गर्यो र तलतिर जान थाल्यो भने बजार अझ घट्न सक्ने सम्भावना पनि रहन्छ।  त्यसैले अब लगानीकर्ताहरुले एकदमै महत्वका साथ हेर्नुपर्ने एरिया भनेको २५३५ को एरिया हो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको