Like us!
Follow us!
Connect us!
Watch us!

श्रीमती रिसाउने 'कारण' फण्डामेन्टल हो, रिसाएपछि 'भाँडा फ्याक्नु' टेक्निकल : विश्लेषक न्यौपाने

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १५ : २९ मा प्रकाशित

टेक्नो गफको यो शृंखलामा हामीले विगत १५ वर्षदेखि फाइनान्स विषय अध्यापन गराउँदै आएका राम कृष्ण न्यौपानेसँग विशेष कुराकानी गरेका छौँ। उनले आशा लघुवित्तमा फाइनान्स हेडको रुपमा करिब १ वर्ष काम गरे । विगत ५ वर्षदेखि नेपालको सेयर बजारमा सक्रिय लगानी गर्दै आएका उनी प्राविधिक विश्लेषणमा पनि दक्षता राख्दछन् । उनीसँग हामीले बजारको अवस्था, बजारको सम्भावित यात्रा, अहिलेको अवस्थामा माथिल्लो विन्दुतिर सेयर खरिद गरेका लगानीकर्ताहरुले के गर्ने भन्ने जस्ता विषयहरुमा गहन छलफल गरेका छौँ।  

करिब १ वर्षअघि ३२०० भन्दा माथि रहेको नेप्से परिसूचक अहिले घटेर १८०० को आसपास आईसकेको छ। अहिले कतिपय सेक्टरका कम्पनीहरु आफ्नो इण्ट्रिञ्जिक भ्यालु नजिक आईपुगेका छन् भने कतिपय अझै पनि ओभर भ्यालुड छन्। इण्ट्रिञ्जिक भ्यालु भन्दा महँगा कम्पनीहरु बेचेर इण्ट्रिञ्जिक भ्यालुमा आईपुगेका सेयरहरु खरिद गर्दा उपयुक्त हुनसक्ने सुझाव उनले दिएका छन्। 

त्यस्तै आधारभूत विश्लेषण र प्राविधिक विश्लेषणबीचको फरकको बारेमा स्पष्ट पार्दै उनले एक रोचक उदाहरण दिएका छन्। उनका अनुसार श्रीमती रिसाउने कारण आधारभुत विश्लेषण हो भने रिसाएपछि श्रीमतीले भाँडा फ्याँकेर जनाउने प्रतिकृया चाहिँ टेक्निकल एनलाइसिस हो। एउटा सफल लगानीकर्ता बन्न आधारभुत र प्राविधिक विश्लेषण दुवैमा पारङ्गत हुनुपर्ने पनि उनी बताउँछन् ।  

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको