Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम हुनेले हकप्रद भर्न पाउँछन् ?

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, ०७ : ३९ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम हुनेले हकप्रद भर्न पाउँछन् ?

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ ।

कम्पनीले हकप्रद प्रयाेजनका लागि फागुन १ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन् ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61fc88d1492f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको