Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जा नोक्सानमा, ईपीएस ०.०१४ पैसा ऋणात्मक

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, ११ : ०४ मा प्रकाशित

हिमालय ऊर्जा नोक्सानमा, ईपीएस ०.०१४ पैसा ऋणात्मक

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी १ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

यसैगरी, दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीकाे अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा अन्य स्रोतबाट ६९ हजार १ सय ५९ रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षकाे दाेश्राे त्रैमाससम्म आइपुग्दा घटेर २ हजार ७ सय ३४ रुपैयाँमा सीमित भएको छ । 

त्यसैगरी, हाल कम्पनीकाे चुक्ता पूँजी ९९ कराेड रूपैयाँ रहँदा जगेडा कोष भने ८५ लाख २४ हजार रुपैयाँ ऋणात्मक रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०१४ पैसा ऋणात्मक रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ १४ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

61fcba4d013ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको