Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी

पत्रपत्रिका

शनिबार, २२ माघ २०७८, ०७ : ५४ मा प्रकाशित

प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी

प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको  छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसद्मा प्रस्तुत हुनेछ ।

संसद्मा एमसीसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन पाउँदैनन् । सम्बन्धि मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ । जसबाट अर्थमन्त्रीको ठाउँमा अन्य कुनै मन्त्रीले एमसीसी टेबुल गर्न बाधा पर्दैन ।

सभामुखको अनुमतिले संसद्मा एमसीसी टेबुल भएपछि मन्त्रीले वक्तव्य दिनुपर्छ । मन्त्रीले वक्तव्य दिएपछि अर्को कुनै बैठकमा एमसीसीबारे सामान्य छलफल गरियोस् भनी प्रस्ताव गरिन्छ । सामान्य छलफल समाप्त भएको १२० घण्टापछि संशोधन गर्न सकिने व्यवस्था छ । एमसीसीको हकमा संशोधन राख्न नमिल्ने अवस्था छ । नागरिक दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको