Like us!
Follow us!
Connect us!
Watch us!

सवारी कारबाहीबाट लमजुङमा ६ महिनामा साढे २४ लाख राजश्व संकलन

अर्थ संसार

आइतबार, २३ माघ २०७८, १२ : ४३ मा प्रकाशित

सवारी कारबाहीबाट लमजुङमा ६ महिनामा साढे २४ लाख राजश्व संकलन

चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा लमजुङमा सवारी कारबाहीबाट २४ लाखभन्दा बढी रकम राजश्व संकलन भएको छ ।

जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम विपरित चलेका सवारी कारवाहीबाट २४ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । ६ महिलाको अवधिमा जिल्लामा तीन हजार आठ सय सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक विष्णुबहादुर नेपालीले बताए । ०७८ साउनदेखि पुसमसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा पर्ने सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् ।

६ महिनाको अवधिमा दुई हजार ७२ मोटरसाइकल कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका मोटरसाइकलबाट मात्रै १३ लाख ७८ हजार पाँच सय रुपैया राजश्व संकलन भएको छ । सोही अवधिमा आठ सय ५४ जिप, कार, भ्यान ट्राफिक कारबाहीमा परेका छन् । जिप, कार भ्यानलगायत चारपाङ्ग्रे सवारीसाधनकाे कारबाहीबाट मात्रै पाँच लाख २७ हजार रुपैया राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार ६ महिनाको अवधिमा जिल्लामा तीन सय ३९ ट्रक, ट्रिपर, दुई सय २९ बस, दुई सय ७१ ट्याक्टर कारबाहीमा परेका छन् ।

कारवाहीमा परेका ट्रक-ट्रिपरबाट एक लाख ९९ हजार, बसबाट एकलाख ४० हजार र ट्याक्टरबाट एक लाख ७३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै अन्य २४ सवारी कारवाहीबाट २९ हजार पाँच सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । ट्राफिक प्रहरी जवान उज्जव पौडेलका अनुसार सोही अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ४८ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगै समन्वय गरी जिल्लाको नाका-नाकामा र सवारी चाप बढी हुने स्थानहरूमा सवारी चेकजाँचलाई तीव्रता दिँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको