Like us!
Follow us!
Connect us!
Watch us!

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १३ : ४८ मा प्रकाशित

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो । 

काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस,  दुई पिकअप भ्यान र  ट्रक एक गरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो । 

कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरुका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ ।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको