Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा 'आरजु' फ्याक्टर हाबी हुनसक्ने !

अर्थ संसार

बुधबार, २६ माघ २०७८, १३ : १८ मा प्रकाशित

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा 'आरजु' फ्याक्टर हाबी हुनसक्ने !

नेपालको सेयर बजारका प्रमुख दुई निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) लामो समय देखि नेतृत्व विहिन बन्न पुगे । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेको सीईओ चन्द्र सिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछियपछि दुबै निकाय नेतृत्व बिहिन बन्न पुगेका थिए । 

माघ १७ गते बसेको मन्त्री परिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यी दुबै निकायमा नियुक्ति सत्ता साझेदार दुई राजनितीक दल नेपाली कांग्रेस र एकिकृत माओवादिको भागभण्डाका आधारमा भएको देखिन्छ । नेप्सेको सिईओमा नियुक्त कार्की माओवादी कोटाबाट नियुक्त भएका हुन् भने अब आउने धितोपत्र बोर्डको अध्यक्ष भने कांग्रेसको कोटाबाट बन्नेछन् । 

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि डा. गोपाल भट्ट, रमेश हमाल, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेलको नाम सर्ट लिस्ट गरिसकेको छ । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको हो । अब यी ५ जनामध्येबाट अन्तर्वार्ता लिएर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । त्यसमध्येबाट मन्त्रिपरिषद् बैठकले १ जनालाई बोर्डको अध्यक्ष चयन गर्नेछ ।

अन्तवार्ताका लागि छनौट भएकाहरुमध्ये पनि रमेश हमालको सम्भावना बलियो देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा समेत बोर्डमा हमाललाई ल्याउन चाहान्छन् उनिसंग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेको बताइन्छ । हमाललाई नियुक्ती दिलाउन प्रधानमन्त्री पत्नी आरजु राणा नै लागिपरेको स्रोतको दाबी छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् उनि एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष समेत हुन् ।

कुनै बिषेश कारणबस हमाल अध्यक्ष हुन नसकेमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी मध्यबाट एकजना बोर्डको नयाँ अध्यक्ष बन्न सक्ने स्रोतको दावी छ । तर अहिले प्रधानमन्त्री पत्नी राणको सिफारिसमै योजना आयोगका उपाध्यक्ष बनेका विश्व पौडेल छनोट समितिका संयोजक छन् त्यसैले पनि उनको नाम छनौट समितीले सिफारिस गर्ने ३ जनाको सुचिमा पर्ने र मन्त्रीपरिषद्ले पनि उनलाई नै नियुक्त गर्ने संभावना बलियो देखिन्छ ।

देउवा प्रधानमन्त्री बने देखि नै विभिन्न नियुक्ती, सरुवा र बढुवामा आरजु र उनको सचिवालय हाबी हुने गरेको स्रोतको दाबी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको