Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च अदालत पुग्यो बतास समूह

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ११ : ५५ मा प्रकाशित

मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च अदालत पुग्यो बतास समूह

बतास समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । 

बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । 

‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले न्युज कारखानालाई जानकारी दिए । 

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । 

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौँ रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसवापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतसा समूहल सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको