Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सकाे ४० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, ०६ : ०० मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सकाे ४० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ४० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय १९ रूपैयाँ २९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार एक सय ७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

6205ab188bb9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको