Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लघुवित्त र एक बैंककाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

मंगलबार, ०३ फागुन २०७८, १४ : ०६ मा प्रकाशित

नेप्सेमा ३ लघुवित्त र एक बैंककाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे १२.६११ प्रतिशत बोनस बापतको २ कराेड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।

यसैगरी, मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे २० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे ।

यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४७.५ प्रतिशत बाेनस बापतकाे ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको