Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको प्रतिक्रिया ‘बोर्डको धुमलिएको छवि सुधार्छु’

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १८ : ३७ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको प्रतिक्रिया ‘बोर्डको धुमलिएको छवि सुधार्छु’

विभिन्न कारणले गिरेको नेपाल धितोपत्र बोर्डको साखलाई सुधार्नु नै आफ्नो पहिलो प्राथमिता हुने बताउँछन् बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमाल । अर्थसंसार सँगको कुराकानीमा हमालले  भने ‘पछिल्लो सयम विभिन्न कारणले नेपाल धितोपत्र बोर्ड (सेबाेनको) छवि केही धुमलिएको छ त्यो छविलाई सुधार्नु मेरो पहिलो प्राथमिकता हुने छ ।’ 

‘म विगत देखि नै विभिन्न स्थानमा रहेर काम गर्दा समेत साना तथा तत्लो वर्गका मानिसहरुको समस्या समाधान गर्न तर्फ चासो राख्ने मान्छे हुँ त्यसैले अब पनि मेरो पहिलो प्राथमिकता नै साना लगानीकर्ताहरुको हित संरक्षण गर्नु हुनेछ’ उनले भने ‘आगामी दिनहरुमा साना पूँजी लिएर सेयर बजारमा प्रवेश गरेका आम लगानीकर्ताहरुको हक हितलाई केन्द्रमा राखेर काम गर्ने मेरो प्रतिवद्धता हो ।’ 

‘अहिले बजारमा देखिएका इन्साइडर ट्रेडिङ जस्ता समस्याहरुको समाधान गर्दै बजारलाई डाइभर्सिफाईड गर्ने कामहरु मेरो प्राथमितामा छन्’ उनले भने ।   

आजकाे मन्त्रिपरिषद्को बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको थियाे । डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेल सर्ट लिस्टमा परेका थिए ।

डोटीको सिलगढीमा सामान्य परिवारमा जन्मिएका हमालले विद्यालय तहको अध्ययन भने कैलालीको धनगढीमा पूरा गरेका थिए । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमालले ८ वर्ष नेपाल विद्युत् प्राधिकरणमा समेत काम गरेका थिए । पूर्ण छात्रवृतिमा अध्ययन गर्न थाइल्याण्डको बैंकक पुगेका हमाल लामो समय उतै बसेका थिए । बैंककबाटै इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नात्तकोत्तर गरेका उनले बैंककमा छँदा त्यहाँको विद्यार्थी युनियनको अध्यक्ष समेत भएका थिए । ४५ देशका विद्यालर्थीहरुको प्रतिनिधित्व गर्दै युनियनको अध्यक्ष भएका उनी सन् २००७ देखि २०१० सम्म गैर आवासीय नेपाली संघ (एनआरएनए), थाइल्याण्डको अध्यक्ष भए । थाई–नेपाल चेम्बर अफ कमर्समा पूर्वउपाध्यक्ष समेत भइसकेका हमाल ६ वर्ष अघि नेपाल फर्किएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको