Like us!
Follow us!
Connect us!
Watch us!

आज संसदमा टेबुल हाेला एमसिसी ? त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक

अर्थ संसार

शुक्रबार, ०६ फागुन २०७८, ०७ : ४८ मा प्रकाशित

आज संसदमा टेबुल हाेला एमसिसी ? त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक

अमेरिकी अनुदान सहयाेग एमसिसी संसदबाट पारित गर्न अमेरिकाले पछिल्लाे पटक दिएकाे समयसीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बताइसकेकाे छ ।

तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेकाे छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकाे अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् ।

प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरकाे अवस्थामा छ ।

यही तिगडमका कारण बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेन, बरु सत्तासिन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए ।

सहमति जुटाउने भन्दै बिहीबार बसेकाे सत्ता गठबन्धनकाे बैठक पनि निरर्थक नै बन्याे । 

यही अन्याैलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसाे १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने सम्भावना न्यून रहेकाे एक मन्त्रीले बताए ।

संसद् सचिवालयले सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची छ ।

प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको