Like us!
Follow us!
Connect us!
Watch us!

कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीकाे आग्रह

अर्थ संसार

शुक्रबार, ०६ फागुन २०७८, २१ : ५८ मा प्रकाशित

कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीकाे आग्रह

नेपाल धितोपत्र बोर्ड (सेबन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको