Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १६ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

शनिबार, ०७ फागुन २०७८, ०९ : २३ मा प्रकाशित

नेप्सेमा १६ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १६ वटा कम्पनीकाे बाेनस सूचिकृत भएकाे छ ।

यस साता नेप्सेमा सूचिकृत भएकाे सेयरकाे विवरण यस प्रकारकाे छ :

बैंक अफ काठमाण्डू लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार एक सय ७६ दशमलव ४२९० कित्ता सेयर सूचिकृत भएको हो ।

लुम्बिनी विकास बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८२ लाख ५१ हजार ६ सय १३ दशमलव ३४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस बापतको ८४ लाख ५६ हजार ३ सय दशमलव ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १० लाख २८ हजार ४ सय ९४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस बापतको ६५ लाख ७ हजार ७ सय ६७ दशमलव ८१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

ज्याेति विकास बैंक लिमिटेडकाे ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल ल्युब आ​यल लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे १२.६११ प्रतिशत बोनस बापतको २ कराेड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे २० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४७.५ प्रतिशत बाेनस बापतकाे ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता सेयर सूचिकृत भएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १०.९३ प्रतिशत बाेनस बापतकाे ३७ लाख २५ हजार ४ सय ५१ दशमलव ०५२५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे।

सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बाेनस बापतकाे ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको